बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

देवीका वन्दना र बाबुलकाे स्वरमा ‘मन पगालो तम्रै मायाले’

सोमबार, १४ जेठ २०८१

काठमाडौँ । गायिका देविका वन्दना र गायक बाबुल गिरीको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । काठमाडौँमा एक विशेष समारोहबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

 गीतमा गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको सङ्गीत एवं सङ्गीत संयोजन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल र सुमन कार्कीको अभिनय छ । 

दुर्गा पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको भिडियो देवीको वन्दना युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

१६ बढी एल्बम ल्याएकी देविकाले भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत गाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया