लुम्बिनी प्रदेश सरकार
लुम्बिनीमा थपिए ३ मन्त्री, भोलि शपथ
बुधबार, ०७ कात्तिक २०८१, १८ : १५
बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई ) पक्षबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् ।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ ।
मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको भोलि बिहान शपथग्रहणको तयारी भएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण