दसैँमा विराटनगरबाट हवाई मार्ग प्रयोग गर्ने बढे
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट हवाई मार्ग हुँदै काठमाडौँ जाने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ । दसैँको सन्दर्भमा गत असोज १७ गते देखि असोज २८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जहाजबाट यात्रा गर्ने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको हो ।
नागरिक उड्डयन प्राधिकरण विराटनगरका सूचना अधिकारी युवराज भण्डारीले दिएको जानकारी अनुसार विराटनगर एयरपोर्टबाट गत असोज १७ गते घटस्थापनादेखि असोज २८ गतेसम्ममा २५६ पटक हवाईजहाजहरू आउजाउ गरेका छन् । जसमा बुद्ध एयरको विमान १०७ पटक आउने र १०७ पटक नै गएका छन् ।
यति एयरलाइन्सको ८५ पटक दोहोरो उडान भर्दा श्री एयरलाइन्सको ५७ पटक र नेपाल आर्मीको विमानले ७ पटक दोहोरो उडान भरेको जनाइएको छ । नेपाल आर्मी बाहेक २४९ पटक दोहोरो उडान भरेका विमानहरूमा ३२ हजार ३७२ जना यात्रुले सेवा लिएका छन् ।
जसमा विराटनगरबाट १७ हजार ७७८ जना राजधानी गएका छन् भने १४ हजार ७७८ जना विराटनगर आएका छन् । उक्त विमानमा यो अवधिमा १९ हजार ६७४ किलो सामान भित्रँदा ३० हजार ४०७ किलो सामान बाहिरिएको छ । यसपटक बाढी पहिरो र विपद्का कारण स्थलमार्गबाट यात्रुहरू ओहोरदोहोर गर्न समस्या भएको थियो ।
कोशी प्रदेश राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी निरीक्षक सुरेश अधिकारीले यात्रुबसहरुको चाप अलिक कम देखिएको बताए । ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार असोज १७ गतेदेखि २९ गतेसम्मको दिएको तथ्याङ्क अनुसार काठमाडौँबाट १ हजार ९५९ सवारी साधनमा ३१ हजार ५४० यात्रु पूर्व आएका छन् ।
यस्तै सोही अवधिमा काठमाडौँ जाने सवारी साधनको सङ्ख्या भने १ हजार ९३१ रहेको छ । जसमा १७ हजार ५९५ जना यात्रु सवार रहेका थिए ।
ट्राफिक प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार दसैँको फूलपाती (असोज २४) देखि (असोज ३०) गतेसम्ममा दैनिक १७ वटा बसले आवतजावत गरेका छन् । जसमा औसत एउटा बसमा ३७ जना यात्रुले ओहोरदोहोर गरेको ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए ।
जसमा दैनिक काठमाडौँ जाने दुई वटा हायस, पश्चिम जाने ५ वटा बसका साथै दैनिक ६ देखि ८ वटासम्म काठमाडौँ जाने बस रहेका छन् । दसैँको सन्दर्भमा भने काठमाडौँ जाने बसको सङ्ख्या एक दुईवटाले बढी भएको उनले बताए । विराटनगरबाट पश्चिमतर्फ नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी र पोखरा जाने बसहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण