रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
बुधबार, ०७ कात्तिक २०८१, ११ : ४०
रौतहट। रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै बुधवार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। शवको पोष्टमार्टम भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण