टी–२० मा नेपालले बनाएको रेकर्ड तोडियो
बुधबार, ०७ कात्तिक २०८१, १९ : ११
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको सबैभन्दा ठुलो स्कोरको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा नयाँ रेकर्ड बनाउन सफल भएको हो ।
बुधबार भएको खेलमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोड्यो । यसअघि नेपालले सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।
नयाँ रेकर्ड बनाउने क्रममा जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले मात्र ४३ बलमा १ सय ३३ रनको शानदार इनिङ्स खेले । त्यस्तै, ताडिवानासे मारुमानीले ६२ रनको योगदान दिए ।
क्लाइभ मादानेले ५३ रन तथा ओपनर ब्रायन बेनेटले ५० रन बनाए । रायन बर्लले २५ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण