स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट
बुधबार, ०७ कात्तिक २०८१, २१ : १४
पाटन । बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भुवन पौडेलले जानकारी दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । “आव २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण