बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भूपेशको ‘धेरै कोशिस’मा सुरेश र स्मरिकाको अभिनय

मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । 

भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ । निशान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र सञ्जय अधिकारीको सम्पादन छ । 

भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया