प्रहरी कार्यालय आशा र भरोषाको प्रतिक हो : आईजीपी खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पीडामा परेर प्रहरी कार्यालय आउने सेवाग्राहीको लागि प्रहरी कार्यालय आशा र भरोषाको प्रतिक रहेको बताएका छन् ।
(संघीय प्रहरी ईकाई कार्यालय, पोखारा प्रदेश गण्डकी)को भवन समुद्घाटन तथा ब्यारेक, मेस भवनको शिलान्याश कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो कुरा बताएका हुन् ।
अत्याधुनिक सुविधा सम्पन्न भवन जनतालाई छिटो छरितो सेवा सुविधा प्रदान गर्न सफल हुनुपर्ने आईजीपी खनालको भनाई थियो । उनले भने, ‘सुविधा सम्पन्न भवन भएमा प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ सेवा प्रदान गर्न ऊर्जा मिल्नेछ ।’
आईजीपी खनालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै प्रकारको कमी नहुने प्रतिबद्धता जनाए । ‘प्रहरी भनेको प्रहरी जस्तै हुनुपर्छ,’ आईजीपी खनालले भने ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत समाजका विभिन्न तह तप्काबाट आशातित सहयोग मिलेको बताउँदै आईजीपी खनालले भने, ‘यसले जनतालाई प्रहरीसँग अझ नजिक बनाई सुरक्षित समाजको व्यवस्थामा ऊर्जा प्रदान गरेको छ ।’
कार्यक्रममा आईजीपी खनालले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मानसहित पुरस्कृत पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने
-
प्ले-अफ चरणमा पुग्न सङ्घर्षरत दिल्ली र बैंगलुरुबिच रोचक भिडन्त
-
एप्पल र ओपनएआईबीच साझेदारी, आइफोनमा पनि अब च्याटजीपीटी
-
गाजामा युद्ध जारी रहँदा अमेरिकाले साउदी अरब र इजरायलबिच मित्रता गराउन सक्ला ?
-
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
-
रुसले फेरि गर्यो कीभमा आक्रमण, पाँच युक्रेनी गाउँ कब्जा गरेको दाबी