शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विभागको निर्णयको विरोधमा व्यवसायी आन्दोलित

बिहीबार, ०६ पुस २०७४, १३ : ११
बिहीबार, ०६ पुस २०७४

मनोज भुजेल
 

 इटहरी –यातायात व्यवस्था विभागद्वारा तराईका मुख्य राजमार्गमा सिटी सफारी चलाउन रोक लगाउने निर्णयको बिरोधमा इटहरीका सिटी सफारी व्यवसायी आन्दोलित बनेका छन । विभागले क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई परिपत्र लेख्दै मुख्य राजमार्गमा रोक लगाएर आफनो रुट अनुसार सिटि र टेम्पु चलाउन भनेपछि त्यसको बिरोधमा चालक तथा व्यवसायी आन्दोलित बनेका हुन ।

क्षेत्रिय ट्राफिक कार्यालयले इटहरी लगायत बिराटनगर, धरान, झापा लगायतका शहरमा पेट्रोल टेम्पु र सिटिलाई बिहिबारबाट भित्री रुटमा चल्न आग्रह गरेको थियो । तर भित्री रुट प्रयोग गर्दा कमाई नहुने र पूर्वधार बिनाको बाटोमा सफारी चलाउन असहज हुने भन्दै निर्णयको बिरोध गरेका छन । उनिहरुले क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरी घेराउ गदै इटहरीमा एक घण्टा सबारी आगमन ठप्प समेत गरेका थिए । विभागद्धारा पहिलो चरणमा महानगरपालिका, उप–महानगरपालिका र नगरपालिका क्षेत्रका मुख्य सडकहरुमा यस्ता सबारी चलाउन रोक लगाएको हो । 

आन्दोलित चालक तथा व्यवसायीहरुले निर्वाधरुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग गरेका छन । 

यता क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश १ को सबै क्षेत्रमा सिटी र टेम्पुलाई यातायात व्यवस्था विभागद्धारा तोकिएको रुटमा सबारी चलाउन दिएको निर्देशन कडा रुपमा कार्यन्वयन गर्ने जनाएको छ । धेरै पटक जानकारी गराएपनि व्यावसायी तथा चालकहरुले अटेर गरेको कारण अन्तिम पटक छलफल गरेर आग्रह गरिएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।

तोकिएको भन्दा बढी संख्या, सडक दुर्घटना र मुख्य राजमार्गमा चाप बढेको कारण सहित यस्ता सबारीलाई राजमार्गमा चल्न रोक लगाइएको विभागको भनाई छ । 
यता सिटी तथा टेम्पु व्यवसायी संगठनले विभागको निर्देशन कार्यन्वयन गर्न तत्काल नयाँ दर्ता प्रकृया रोक्नु पर्ने, पुरानो रुट परमिट खारेज गरी नयाँ व्यवस्था लागु गर्नु पर्ने लगायतका माग अघि सारेका छन् । 

आफूहरुले उठाएको माग पुरा नभए सम्बन्धित कार्यालय घेराउन गर्नुको साथै कडा आन्दोलनमा उत्रिने चालक तथा व्यवसायीहरुको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप