मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
वीरगन्ज । वीरगन्जमा शुक्रबार साँझ कांग्रेस कार्यकर्तामाथि भएको कुटपिटको घटनामा दोषीमाथि नेपाली कांग्रेस पर्साले कारबाहीको माग गरेको छ । घटनामा वीरगन्जका मेयर राजेशमान सिंह समर्थकहरूको संलग्नता रहेको पार्टीको आरोप छ ।
कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) पर्साका अध्यक्षसहितका कार्यकर्तामाथि भएको निर्घात कुटपिटमा संलग्न मेयर समर्थकहरूमाथि कारबाहीको माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मेयर सिंहविरुद्ध दर्ता किर्ते मुद्दाको निष्पक्ष छानबिन गर्न र सहकारी ठगीमा संलग्न रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो । यही क्रममा माइस्थान चोकमा मेयर सिंहका भतिजा रुपेशमान सिंहको नेतृत्वमा आएको समूहले आक्रमण ग¥यो, जसबाट ५ जना कांग्रेसी कार्यकर्ताहरू घाइते भएका छन् । यो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यता नेपाल विद्यार्थी संघले पनि आजै एक विज्ञप्ति जारी गर्दै नेविसंघ पर्साका कार्यकर्ताहरूमाथि भएको साङ्घातिक आक्रमणप्रति आपत्ति जनाएको छ । नेविसंका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाहीको माग गरेका छन् ।
२४ फागुनमा प्रहरीले मेयर सिंहमाथि सरकारी कागज किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएको ३ महिना भइसक्दा पनि प्रहरीले अनुसन्धान प्रक्रियामा ढिलाइ गरेको भन्दै कांग्रेससहितका राजनीतिक दलहरू शुक्रबार साँझ मसाल जुलुस निकालेका थिए ।
यही क्रममा मेयर सिंहका भतिजा रुपेश सिंहको नेतृत्वमा आएको समूहले आक्रमण गर्दा नेविसंघ पर्साका अध्यक्ष रमेश यादव, उपाध्यक्षद्वय राहुल पटेल र महम्मद बरकत अली तथा जिल्ला सदस्य रामनिवास यादव, नौसाद आलम घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण