सभापति चयन गर्न बागमती प्रदेशसभाका चार संसदीय समितिको बैठक बस्दै
हेटौँडा । सभापति चयनका लागि बागमती प्रदेशसभाको ४ वटा संसदीय समितिको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार सभापति चयनका लागि प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बस्ने तयारी गरेको हो ।
सभापति चयन प्रक्रिया टुङ्ग्याउन प्रदेश मामिला समिति र सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ भने शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक ३ः ३० बजे बस्नेछ । अर्थ तथा विकास समितिको बैठक केही प्राविधिक कारणले पछि सरेको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
सबै समितिमा एकल उम्मेदवारी परेकाले प्रक्रिया पुरा गरी समितिको सभापति चयन गरिने उनले बताए । उनका अनुसार संसदीय समितिको बैठकमा मनोनयन दर्ता गराएका उम्मेदवारको प्रस्ताव समितिका ज्येष्ठ सदस्यले पेश गर्नेछन् भने उम्मेदवारको प्रस्तावक र समर्थकको निर्णय पछि सभापति निर्वाचित गराइने छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा दलीय भागबन्डा अनुसार कांग्रेसका श्रीराम लामिछाने र प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामाले उम्मेदवारी दिएका छन् । शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल र अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्यले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभाको अन्य २ समितिको सभापतिका लागि भने केही दिनमा नै प्रक्रिया अघि बढाइने प्रवक्ता गुप्ताले बताए । उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि केही दिनमा नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिने उनको भनाई छ ।
दलीय भागबन्डा अनुसार उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा एमालेका आनन्द कुमार श्रेष्ठ र प्रदेश विशेषाधिकार समितिको सभापतिमा एकीकृत समाजवादीकी मायादेवी शर्माले उम्मेदवारी दिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण