बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
शनिबार, ०५ जेठ २०८१, २१ : ३१
नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ ।
खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए ।
यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण