फेसन ट्रेन फलो गर्छु: अभिनेत्री बर्षा
काठमाडौं– अभिनेत्री बर्षा राउतले आफुले फेसन ट्रेन फलो गर्ने गरेको बताएकी छन् । ‘आकर्षक र नविनतम पहिरन मेरो सँधै रोजाइमा पर्ने गरेको छ’ उनले भनिन्, ‘फेसनको मावलमा म सँधै सजक छु ।’ बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटनमा पुगेकी बर्षाले बुटिकको बिषेशता आफुलाई मन परेको बताइन् । उनले रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी थिइन् ।
बुटिकले नै डिजाइन गरेको आकर्षक पिंक कलरको आकर्षक गाउनमा सजिएकी बर्षाले आफ्नो मनपर्ने पहिरन कुर्था, लेहेङ्गा, सारी रहेको सुनाइन् । ‘सजिनाज् क्रियसन’ ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएको छ’ उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ ।’
बुटिक सजिना बिष्टले सञ्चालनमा ल्याएकी हुन् । विभिन्न सौदर्य प्रतियोगिता र धेरै फेसन शोमा समेत ड्रेस डिजाइनरको भूमिका निर्वाह गरिसकेकी विष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।
‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपत्ति छैन’ सजिनाले भनिन्, ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।
‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा आएको हो ।’ बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४ की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् । अभिनेत्रीमा फेसन ट्रेन हुने र उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्ने भएकोले बर्षाबाट आफ्नो बुटिक उद्घाटन गरेको उनको भनाई रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने