सुदूरमा नाउपा : आधा सत्तापक्ष र आधा प्रतिपक्षको बेन्चमा
धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू दोहोरो भूमिकामा देखिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि आज बोलाइएको बैठकमा नाउपाको प्रदेश सभा सदस्यहरू सत्ता र प्रतिपक्षको दुवै बेञ्चमा देखिएका हुन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मन्त्रीद्वय कैलाश चौधरी र टीका थापा सत्ता पक्षको बेञ्चमा देखिए । उता नाउपा संरक्षक रेशमलाल चौधरी पक्ष प्रदेश सभा सदस्यहरू घनश्याम चौधरी, खुसीराम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरी प्रतिपक्षको बेञ्चमा देखिए ।
प्रतिपक्षको बेञ्चमा रहेका नाउपा र काँग्रेसका प्रदेश सभा सदस्यहरू मुख्यमन्त्री सोडारीको नियुक्ति, प्रदेश प्रमुख नजिर मियाँ र सभामुख भीमबहादुर भण्डारीको कदम असंवैधानिक रहेको भन्दै नाराबाजी गर्दै रोष्टम समेत घेराउ गरेका थिए । विरोधपछि बैठक स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण