अण्डाको मूल्य बढ्यो
शुक्रबार, ०४ जेठ २०८१, २० : ०३

काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ ।
संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।
संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ ।
किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघले यसअघि वैशाख २३ गते पनि अण्डाको मूल्य बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द