लुम्बिनी प्रदेशमा चैते धान रोपाइँको क्षेत्रफल घट्यो
बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष २ हजार ६७७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ ।
निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्रफल ४११ हेक्टर कम भएको रातोपाटीलाई बताए । प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुम बाहेक सबै जिल्लामा चैते धान हुने गर्दछ ।
प्रदेशमा सबैभन्दा धेरै चैते खेती बर्दियामा हुन्छ । बर्दियामा गत वर्ष एक हजार ४५० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष एक हजार २०१ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
पाल्पामा गत वर्ष ७ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष घटेर ६३० हेक्टरमा सीमित भएको छ । गुल्मी जिल्लामा गत वर्ष ३४० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो भने यो वर्ष ३१९ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार अर्घाखाँचीमा गत वर्ष २०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले १७० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । प्युठानमा गत वर्ष ४० हेक्टरमा चैते धान खेती भएकोमा अहिले ५५ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तै रुपन्देहीमा गत वर्ष ६० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले ५४ हेक्टरमा रोपाइँ भएको छ । कपिलवस्तुमा गत वर्ष १० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष ५ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
नवलपरासीमा गत वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यो वर्ष ७ हेक्टरमा रोपाइँ भएको छ भने दाङ जिल्लामा गत वर्ष १९८ हेक्टरमा चैते धान खेती भएको थियो । दाङमा यो वर्ष २ सय हेक्टरमा चैते धान लगाइएको छ ।
बाँके जिल्लामा गत वर्ष ३५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । यो वर्ष भने ३६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि निर्देशनालयका बाली विज्ञ विवेक पन्थले चैत महिनाको पहिलो हप्तादेखि तेस्रो हप्ता रोपिने चैते धानका लागि लुम्बिनी प्रदेशमा हर्दिनाथ, चैते ५, चैते २, चैते ६ नामको बिउ किसानले प्रयोग गरेको बताए ।
बबई सिँचाइ आयोजना मर्मत कारणले बर्दिया जिल्लामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेका कारण समग्र प्रदेशमै यो वर्ष चैते धान खेतीको क्षेत्रफल घटेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण