कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने ओलीको दाबी
वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् ।
वीरगन्जमा शुक्रबार नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बजेट ल्याउने समय थोरै रहेको भन्दै चुनौती बढ्दै गएको बताए ।
कांग्रेसले संसदमा अवरोध गरिरहेको अवस्थामा अब त्यसको कुनै परवाह नगरी सदन चलाउने ओलीले बताए । ‘गतिशील बनाउन देशलाई बजेट दिनैपर्छ, त्यो हामी ल्याएर छाँड्छौँ,’ उनले भने ।
ओलीले कांग्रेसको आलोचना गरे । कांग्रेसले संसदमा जसलाई भन्यो, त्यसैलाई मात्र बोल्न दिनुपर्ने भन्ने अस्वीकार्य रहेको भन्दै ओलीले कसैमाथि आरोप लगाइन्छ भने त्यो व्यक्तिलाई संसदमा बोल्छु भन्दा समय दिनुपर्ने बताए ।
अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेलाई एमालेले बोकिरहनुपर्ने कुनै जरुरी नभएको तर कसैले कसैमाथि आरोप लगायो भने आरोपित व्यक्तिले आफ्नो कुरा राख्न पाउनुपर्ने एमालेको मान्यता रहेको बताए ।
उनले बिहीबार संसद् बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाउँमा हुल बाँधेर आएको र हातपात नै गरौँलाजस्तो व्यवहार गरेको बताए ।
कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर केपी ओलीले संसद्को वातावरण बिगारेको भनेर झुट र बेइमानी कुरा गरेको आरोप पनि ओलीले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण