रातोपाटीबाट शर्मा बिदा
शुक्रबार, ०१ कात्तिक २०७६, १६ : २८
काठमाडौँ । रातोपाटी डटकमका वरिष्ठ संवाददाता बबिता शर्मा रातोपाटीबाट बिदा भएकी छिन् ।
२०७६ कार्तिक १ गतेदेखि लागू हुने गरी व्यवस्थापनाले उनको राजीनामा स्वीकृत गरेको हो ।
राजनीतिक बिटमा कलम चलाउँदै आएकी शर्माले हालसम्म पुर्याएको योगदानप्रति हार्दिक धन्यवाद दिँदै रातोपाटी परिवार उनको पत्रकारिता यात्रामा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।