‘दुवै पक्षको अडान कायम छ, बिचको बाटो खोज्दैछौँ’
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको टीओआरको विषयमा कार्यदलमा छलफल जारी रहेको छ । कार्यदलको सदस्य रहेका नेपाली कांग्रेसका नेता जीवन परियारले कार्यदलमा हालसम्म दुवै पक्षको अडान कायम रहे पनि छलफल सकारात्मक रूपमा अघि बढेको बताएका छन् ।
उनले भने, ‘गृहमन्त्री रवि लामिछानेलेे सहकारीको रकम अपचलन गरेको विषयमा नेपाली कांग्रेस संसद्मा विविध ढङ्गबाट आवाज उठाउँदै आएका थियो । उक्त विषयमा दलहरूको बिचमा छानबिन समिति गठन गर्ने समझदारी भएको थियो । त्यसअनुसार एउटा कार्यदल बनेको थियो । बिहान झन्डै नौ बजेदेखि कार्यदलको बैठकमा बसेका छौँ । कार्यदलले तयार पार्नुपर्ने टीओआरका बारेमा विभिन्न ढङ्गबाट छलफलहरू चलिरहेको छ । टीओआर अन्तिम टुङ्गोमा पुर्याउन भने सकिरहेको छैन । अहिले पनि विभिन्न कोणबाट छलफल भइरहेका छन् । हामीले आफ्ना अडानहरू राखेका छौँ । सत्ता पक्षबाट अडानबाट आएका छन् । छलफल सकारात्मक ढङ्गबाट अगाडि बढेको छ । हामी यसलाई टुङ्गोमा पुर्याउन लागेका छौँ । संसद्पछि कार्यदलको बस्ने गरी उठेका छौँ ।’
परियारका अनुसार समितिको छानबिनको दायरामा गृहमन्त्री पनि पर्नुपर्छ भन्ने कांग्रेसको अडान यथावत् रहेको छ । तर सत्तापक्ष भने नाम नै तोकेर छानबिन समिति गर्ने पक्षमा देखिएको छैन ।
‘बरु कुन–कुन सहकारीमा समस्या आएको छ, त्यो सहकारीको नाम राखेर जाने कुरामा सत्तापक्ष सकारात्मक रहेको छ । हामी बिचको बाटो खोज्दैछौँ । यसबारे विकल्पहरू आइसकेका छैनन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण