प्रदेशसभा बैठक स्थगित
मोरङ । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचौं अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।
बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरे । बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए ।
बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो ।
विरोधसभा
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई कारवाही गर्न गरेको सिफारिसको काँग्रेस विराटनगर महानगरपालिका समितिले विरोध जनाएको छ । समितिले विराटनगरको शनिहाटबाट विरोध ¥याली निकाली स्थानीय हनुमान मन्दिर नजिककै कोणसभाको आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग