श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आज म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।
गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । निरीक्षक सुवेदीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’