एयर इन्डिया विमानको हाइड्रोलिक फेल, आपत्काकाल घोषणा : साढे २ घण्टादेखि आकाशमा परिक्रमा
तमिलनाडु । तमिलनाडुको तिरुचिरापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमानमा शुक्रबार ठूलो प्राविधिक गडबडी भएको छ । भारतीय समयअनुसार साँझ ५ः४० बजे विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता प्लेन करिब साढे दुई घण्टा आकाशमा परिक्रमा गरिरहेको छ ।
एयर इण्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्यहरू छन्। प्राविधिक गडबडी भएको थाहा पाएलगत्तै विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो । जानकारीका अनुसार पाइलटले विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका छन् । यसपछि विमानको आपतकालीन अवतरणको सम्भावना रहेको छ ।

पाइलटको आपत्कालीन सन्देश पाएपछि विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गरिएको छ । आकस्मिक उद्धार टोली पनि तयार छ।
विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको छ । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रिया अनुसार यसको आकस्मिक अवतरण गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नयाँ योजना : भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई १० वर्षे बीमा सुरक्षा कार्यक्रम
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण