एयर इन्डिया विमानको हाइड्रोलिक फेल, आपत्काकाल घोषणा : साढे २ घण्टादेखि आकाशमा परिक्रमा

तमिलनाडु । तमिलनाडुको तिरुचिरापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमानमा शुक्रबार ठूलो प्राविधिक गडबडी भएको छ । भारतीय समयअनुसार साँझ ५ः४० बजे विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता प्लेन करिब साढे दुई घण्टा आकाशमा परिक्रमा गरिरहेको छ ।
एयर इण्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्यहरू छन्। प्राविधिक गडबडी भएको थाहा पाएलगत्तै विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो । जानकारीका अनुसार पाइलटले विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका छन् । यसपछि विमानको आपतकालीन अवतरणको सम्भावना रहेको छ ।
पाइलटको आपत्कालीन सन्देश पाएपछि विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गरिएको छ । आकस्मिक उद्धार टोली पनि तयार छ।
विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको छ । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रिया अनुसार यसको आकस्मिक अवतरण गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश