पोखरामा राँगोले हानेर एक जनाको मृत्यु
बिहीबार, २४ असोज २०८१, ०७ : १९
पोखरा । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ ।
पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए ।
३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत थिए ।
राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बोमा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्डमाथि चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण