बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनताले मत बदल्ने अवस्था नआओस्

आइतबार, २१ वैशाख २०७७, १४ : ४९
आइतबार, २१ वैशाख २०७७

वर्तमान सरकार वामपन्थीको, त्यो पनि झण्डै दुई तिहाइको । व्यक्तिको होइन पार्टीको, ठूलो सङ्घर्षपछिको उच्चतम उपलब्धि । बहुलवादी प्रजातन्त्रमा आस्था राख्ने तमाम  नेपालीको मतद्वारा प्राप्त उपलब्धि हो यो । संसदको माध्यमद्वारा संवैधानिक सर्वोच्चता कायम गर्न प्राप्त जनादेश हो यो ।

व्यक्तिको होइन विधिको शासन हुनुपर्ने मान्यताका साथ संविधानको संरक्षण, संवद्र्धन एवं कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गठन भएको सरकार हो यो । संविधानको मर्म अनुरूप लोकतान्त्रिक समाजवादको गन्तव्य बोकेको सरकार । पार्टीको नीति, नियम  र कार्यक्रमसहित जनतामा जाँदा करिब ४४ लाख मतदाताले भरोसा गरेको वामपन्थी पार्टी ।  

सर्वहाराको पार्टी । मजदुर, गरिब, किसान र हुँदा खाने वर्गको  उत्थानको खातिर लड्ने पार्टी ।  नेपालको राजनीतिक विश्लेषण गर्ने हो भने उल्लेखित वर्गहरुले ठूलो आशा एवं भरोसा गरेको पार्टी वा त्यस पार्टीले अङ्गीकार गरेको सैद्धान्तिक अवधारणा । हुनेखाने होइन हुँदा खाने जनताले अपनत्व महसुस गरेको पार्टी । पार्टीका नीति, सिद्धान्त एवं कार्यक्रमका साथ जनता माझ उपस्थितिका कारण जनताले अपनत्व महसुस गरेको पार्टी हो यो । 

वामपन्थीहरुले मूलत अन्तर्राष्ट्रिय सैद्धान्तिक अवधारणा बोकेका हुन्छन् । नेपालको सन्दर्भमा समेत यही लागू हुन्छ । तसर्थ यसका सैद्धान्तिक पक्षको अध्ययन गर्दा यस्को परिकल्पनाकार वा जन्मदाताहरुले कुन उद्देश्यका लागि कसरी वामपन्थी सिद्धान्त विश्वको हरेक कुनामा फैलियो । जस्का प्रमुख कारण—उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा जसरी पुँजीवादको दु्रततर गतिमा विकास हुँदै गयो त्यसकै एउटा पक्ष औधोगिक मजदुर वर्गको जन्म भयो । पुँजीवाद वा सबै खाले प्रतिक्रियावादको विरुद्धमा सर्वहारा वर्ग र उत्पीडित जनताको युगान्तकारी तथा ऐतिहासिक कदमलाई विश्व कम्युनिस्ट  आन्दोलन भनियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको पहिलो सैद्धान्तिक  आधार सन् १८४८ मा कार्ल मार्क्स र एङ्गेल्सले तयार पारेका कम्युनिस्ट घोषणा पत्र नै हो ।

कम्युनिस्ट  विचारधाराका पथप्रदर्शक वा विचारक कार्ल मार्क्स हुन । मार्क्सले तीन क्षेत्रलाई समेट्दै सिद्धान्त प्रतिपादन गरेका हुन भने त्यसको प्रथम पटक व्याख्या र विश्लेषण लेनिनले गरे । ती हुन— दर्शन्, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । कम्युनिस्टहरुको दर्शन  द्वन्द्वात्मक  तथा एैतिहासिक भौतिकवाद हो । भौतिकवादको जग र अतिरिक्त मूल्यको आधारमा नै राजनीतिक अर्थशास्त्र बन्दछ । यस प्रकारको दर्शन र आर्थिक पक्षको समान वितरणको आधार एवं समानता नै आधुनिक समाजवाद हो । मार्क्सको प्रमख सिद्धान्त नै समाज एवं राष्ट्रलाई बदल्नु हो भने बदलेका हरेक क्षेत्रलाई संरक्षण गर्नु हो । 

त्यसैगरी विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्दा कम्युनिस्ट लिग सन् १८३६—१८५२ लाई एङ्गेल्सले विश्वलाई इतिहासकै पहिलो मजदुर आन्दोलन भने  । सन् १८३६ मा फ्रान्समा आप्रवासी लिग गठन गरेको र त्यसलाई सन् १८४३ मा कम्युनिस्ट लिग भनेर नामकरण गरे । सन् १८४७ मा जेनेभामा कम्युनिस्ट लिगको दोस्रो महाधिवेशनमा मार्क्स र एङ्गेल्सले कम्युनिस्ट घोषणा पत्र तयार पारे । एक वर्ष लगाएर तयार पारिएको उक्त घोषणा  पत्र सन् १८४८ फेब्रुरी १२ का दिन जारी भयो । त्यस घोषण पत्रमा मार्क्स र एङ्गेल्स– ठूलो बौद्धिक, दार्शनिक, सैद्धान्तिक र राजनीतिक रूपमा तयार पारिएको उक्त घोषणा पत्र सर्वहारावर्गको मुक्ति आन्दोलनका खातिर सिद्धान्त आस्थाका रूपमा मार्क्सवादलाई प्राप्त भयो । त्यसैलाई लेनिनले यो एक दार्शनिक  भौतिकवाद हो जहाँ मानव कल्याणका खातिर अझ विशेष गरेर मजदुर वर्गलाई ज्ञानशक्तिको औजार प्रदान गर्दछ । मार्क्सले यसलाई मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र, मार्क्सवादी समाजवाद अर्थात वर्गसङ्र्घषको सिद्धान्त हो भने तर जग चाहिँ मार्क्सवादी दर्शन नै हो ।

सर्वहाराले दर्शनमा भौतिक इतिहास भेट्छ भने त्यसरी नै बौद्धिक इतिहास पनि भेट्टाउँछ । माओले यसलाई दर्शन, अर्थशास्त्र र मार्क्सवादी समाजवाद भनेका छन् । वर्ग सङ्घर्षको सिद्धान्त र जग चाहिँ मार्क्सवादी दर्शन नै हो । द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्दा धेरै विषयबाट पार पाइन्छ, समस्या  समाधान हुनेछन् । जसरी दर्शनले सर्वहारामा भौतिक हतियार भेट्टाउँछ भने त्यसरी नै सर्वहाराले दर्शनमा  बौदिक इतिहास भेट्छ । 
सन् १८६४ मा कार्ल मार्क्सको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रिय  कम्युनिस्ट  सङ्गठन गठन भयो सन् १८७२  मा उक्त सङ्गठन विघठन भयो । सन् १८८३ मार्च १४ मा मार्क्सको निधन पश्चात सन् १८८९ मा फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रिय सङ्गठन गठन भयो । सन् १८९५ मा एङ्गेल्सको निधन भएपश्चात सन् १८९६ मा एडवर्न वर्नास्टिन ९१८५०—१९३२०  ले दोस्रो अन्तर्राष्ट्रिय सङ्गठनभित्र मार्क्सवादको विरुद्ध संशोधन प्रस्ताव पेस गरे । यसरी वर्नास्टिनले कम्युनिस्ट पार्टीमा संशोधनवाद वा विरोधको बिजारोपण गरे । 

प्लेखानोभ रुसका पहिलो मार्क्सवादका प्रचारक थिए ।  उनले नै सन् १८८३ मा रुसमा मजदुर मुक्तिदल गठन गरेको थिए  भने यो नै रुसको पहिलो कम्युनिस्ट पार्टी थियो । यसलाई नै लेनिनले नयाँ ढङ्गबाट विकास गरे । सन् १९०३ मा रुसी कम्युनिस्ट पार्टीभित्र ठूलो सङ्र्घष भयो ‘बोल्सेविक र मेन्सेविक’ बोल्सेभिकको नेतृत्व लेनिनले गरेका थिए । लेनिनले सन् १९१७ मा सर्वहाराको अधिनायकत्वलाई व्यवहारमा लागू गरे । रुसी अक्टुबर  समाजवादी क्रान्तिले विश्व भरका कम्युनिस्टहरुलाई  ठूलो ऊर्जा प्राप्त भयो । त्यसपश्चात एसिया, युरोप, ल्याटिन अमेरिका,  लगायत  देशहरुमा मार्क्सवाद र लेनिनवादलाई पथप्रर्दकको रूपमा लिइयो भने उत्तरकोरिया, भियतनाममा  १९४५ को आन्दोलन सफल भएपश्चात समाजवाद  लागू गरियो । सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भयो ।

नेपालको सन्दर्भमा विसं २००६ सालमा गठित  कम्युनिस्ट पार्टी राणा, राजा, निर्दलीय पञ्चायत विरुद्ध सङ्घष गर्दै गणतन्त्र स्थापनाको वाहक बन्यो नेकपा  माओवादी । त्यही आडमा बनेको हालको वामपन्थी सरकार । वर्तमानलाई हेर्ने हो भने जनताले विश्वासका साथ मन र मत दुवै दिएका पार्टी । विभिन्न घटनाक्रम, निरन्तर विवादास्पद निर्णय गरेका कारण जनताले वर्तमानमा नै मन बदलेको छ यही क्रम जारी रहे दुई वर्षपछि मत बदले भने वामपन्थी इतिहासमा भारतको पश्चिम बङ्गालको हालतमा नपुग्ला भन्न सकिँदैन ।

तसर्थ जनताले कुनै व्यक्तिलाई मत दिएको होइन पार्टीलाई हो । पार्टी भनेको व्यक्ति होइन संस्था हो, सङ्गठन हो सरकारले पार्टी हाक्ने होइन पार्टीले सरकार हाक्ने हो । पार्टी जसको सुकै नेतृत्वमा होस  तर सरकार जनताले सक्षम अनुहार खोज्दछन् । वर्तमान प्रधानमन्त्री केपी ओली सिङ्गो  पार्टीको नेता हुनु पर्दछ  ताकि आफ्नो स्र्वाथका लागि प्रधानमन्त्रीलाई कसैले प्रयोग गर्न नसकोस् । उनीहरुले आफ्नो स्वार्थ छोडी पार्टी स्वार्थ अँगाल्दा पुनः जनताले भरोसालाई विश्वासमा परिणत गर्नेछन् अन्यथा भविष्य अन्धकार हुनेमा दुई मत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र केसी
सुरेन्द्र केसी
लेखकबाट थप