डढेलो बस्तीमा पस्दा सल्यानमा घरगोठ जलेर नष्ट
बिहीबार, २० वैशाख २०८१, ०९ : ४६
सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका–५, मा जंगलमा लागेको आगो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँमा पुगेको थियो ।
प्रहरीका अनुसार ५ दियार गाउँमा ५ घर र ३ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । सल्यान प्रहरीका अनुसार दियारगाउँका स्थानीय थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरू जली पूर्ण रूपमा नष्ट भएको छ ।
यस्तै सोही ठाउँका स्थानीय धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अरू वन क्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई
-
कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी