शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

बिहीबार, २० वैशाख २०८१, १९ : ४६
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबिच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रूपक सापकोटाले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबिच हालै भएको सहयोग एवं अनुभव आदानप्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्नसक्ने गरी सहकार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप