प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबिच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रूपक सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबिच हालै भएको सहयोग एवं अनुभव आदानप्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्नसक्ने गरी सहकार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण