घरेलु मैदानमा चेन्नई स्तब्ध
चेन्नई । इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा हराएको छ । बुधबार राति चेन्नई ७ विकेटले स्तब्ध बन्यो ।
जितका लागि १ सय ६३ रनको लक्ष्य पाएको पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरे ।
बेयर्स्टोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, रुसोले २३ बलमा ४३ बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरे । शशांक सिंह र कप्तान साम करनले नटआउट रहँदै क्रमशः २५ र २६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए ।
यसअघि, पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, समीर रिज्वीले २१, मोइन अलीले १५ तथा महेन्द्रसिंह धोनीले १४ रनको योगदान दिए । पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले शानदार बलिङ गर्दै २–२ विकेट लिए । ब्रारले ४ ओभरमा मात्र १७ रन खर्चिए भने चहरले पनि १६ रनमात्र दिए ।
लिगमा चेन्नईमाथि पञ्जाबको यो लगातार पाँचौँ जित हो। टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो । यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने आशा कायम राखेको छ । १० खेलपछि १० अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । पञ्जाब समान खेलबाट ८ अङ्कसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण