घरेलु मैदानमा चेन्नई स्तब्ध

चेन्नई । इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा हराएको छ । बुधबार राति चेन्नई ७ विकेटले स्तब्ध बन्यो ।
जितका लागि १ सय ६३ रनको लक्ष्य पाएको पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरे ।
बेयर्स्टोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, रुसोले २३ बलमा ४३ बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरे । शशांक सिंह र कप्तान साम करनले नटआउट रहँदै क्रमशः २५ र २६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए ।
यसअघि, पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, समीर रिज्वीले २१, मोइन अलीले १५ तथा महेन्द्रसिंह धोनीले १४ रनको योगदान दिए । पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले शानदार बलिङ गर्दै २–२ विकेट लिए । ब्रारले ४ ओभरमा मात्र १७ रन खर्चिए भने चहरले पनि १६ रनमात्र दिए ।
लिगमा चेन्नईमाथि पञ्जाबको यो लगातार पाँचौँ जित हो। टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो । यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने आशा कायम राखेको छ । १० खेलपछि १० अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । पञ्जाब समान खेलबाट ८ अङ्कसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?