च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी पराजित
बिहीबार, २० वैशाख २०८१, ०५ : ४९
म्युनिख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमण्डले झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा टोलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो ।
खेलमा निकलास फुलक्रुगले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ३६ औँ मिनेटमा घरेलु टोलीका लागि गोल गरे । यो सिजन प्रतियोगितामा उनको तेस्रो गोल थियो ।

पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसरहरु गुमाएको थियो । किलियान एम्बाप्पे र अचरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो भने डर्टमण्डका लागि फुलक्रुगले पनि दोस्रो गोल गर्ने अवसरबाट चुकेका थिए ।
अब दोस्रो लेग पीएसजीको घरेलु मैदानमा आगामी मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण