भारतको कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु
बिहीबार, २० वैशाख २०८१, २० : ०६
नयाँदिल्ली । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा २ जना कामदारको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो ।
रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको बताउँदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन् ।
प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ । –(रासस\सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण