शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा सडक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

बिहीबार, २० वैशाख २०८१, १९ : ५१
बिहीबार, २० वैशाख २०८१

गुआङझोउ । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ सहरका अधिकारीहरूले बताएका छन् । 

दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो हवाई तस्बिरले एक्सप्रेसवेको एकपट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परिरहेका छन् । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ । -(रासस\सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप