ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राखिएको छ । हरेक १२ वर्षमा रथको पाङ्ग्रा फेर्नुपर्ने प्रचलन रहे पनि गत वर्षको पाङ्ग्रा पुरानो भएकाले नयाँ पाङ्ग्रा राखिएको हो । नयाँ पाङ्ग्रा बनाएर आज विधिवत् रूपमा रथमा राखिएको छ ।
_m6cBIuSJ0l.jpg)
यो वर्ष रथमा नयाँ पाङ्ग्रा राख्नुपर्ने भएकाले अघिल्लो वर्ष नै श्री पञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम सुरु भएको थियो । यसभन्दा अघि २०७२ सालमा पाङ्ग्रा फेरिएको थियो भने त्यस लगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकोले २०७३ सालमा नयाँ फेरिएको थियो।
ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको लागि सामदान जातको रुखको चार फुटको १०८ टुक्रा काठ चाहिन्छ । पाङ्ग्रासँग सम्बन्धित काम नेवार समुदायका बाराही र बौसी समुदायले गर्छन् । रथको चार पाङ्ग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतीकको रूपमा लिने गरिन्छ ।
_1NWhevks8a.jpg)
_If6oLk6Gtm.jpg)
_K45wipJJGO.jpg)
_aMdkLDTKdz.jpg)
_O9sdpt5Ncj.jpg)
_PUW2DpRuZ6.jpg)
_NdTUPR2U4m.jpg)
_f0YK4nUBJp.jpg)
_ZAbItAHHAv.jpg)
_1vQTwtoL2G.jpg)
_JO4gjdqS1O.jpg)
_wRB0dTKmNK.jpg)
_qHqMAN861N.jpg)
_e9s1QQ0JO5.jpg)
_OZzZgaeoFl.jpg)
प्रतिक्रिया