शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा, तस्बिरहरू
फोटोफिचर

रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा, तस्बिरहरू

बिहीबार, २० वैशाख २०८१

ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राखिएको छ ।  हरेक १२ वर्षमा रथको पाङ्ग्रा फेर्नुपर्ने प्रचलन रहे पनि गत वर्षको पाङ्ग्रा पुरानो भएकाले नयाँ पाङ्ग्रा राखिएको हो । नयाँ पाङ्ग्रा बनाएर आज विधिवत् रूपमा रथमा राखिएको छ । 

rato machhindranath wheel (1)

यो वर्ष रथमा नयाँ पाङ्ग्रा राख्नुपर्ने भएकाले अघिल्लो वर्ष नै श्री पञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम सुरु भएको थियो । यसभन्दा अघि २०७२ सालमा पाङ्ग्रा फेरिएको थियो भने त्यस लगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकोले २०७३ सालमा नयाँ फेरिएको थियो।

ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको  लागि सामदान जातको रुखको चार फुटको १०८ टुक्रा काठ चाहिन्छ । पाङ्ग्रासँग सम्बन्धित काम नेवार समुदायका बाराही र बौसी समुदायले गर्छन् । रथको चार पाङ्ग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतीकको रूपमा लिने गरिन्छ ।

rato machhindranath wheel (2)rato machhindranath wheel (3)rato machhindranath wheel (4)rato machhindranath wheel (5)rato machhindranath wheel (6)rato machhindranath wheel (7)rato machhindranath wheel (8)rato machhindranath wheel (9)rato machhindranath wheel (10)rato machhindranath wheel (11)rato machhindranath wheel (12)rato machhindranath wheel (13)rato machhindranath wheel (14)rato machhindranath wheel (15)rato machhindranath wheel (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया