सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

धारिलो हतियारसहित दुई जना पक्राउ

शनिबार, ०३ साउन २०७७, १२ : २६
शनिबार, ०३ साउन २०७७

कैलाली  । धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेसन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई आज पक्राउ गरेको हो । 

गएराति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेर उनीहरु फरार रहेका थिए । 

प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए । 

नेपालीको साथबाट १ थान खुकुरी र भण्डारीको साथबाट तरबार बरामद  गरेको उनले बताए । उनले पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप