अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बर्दिया बाँसगढी नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–२९ अनामनगर डेरागरी बस्ने ३६ वर्षीय अजय बिकलाई प्रहरीले पक्राउ गरेको हो । उनले ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, धादिङको निलकण्ठ नगरपालिका–१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’