ओलम्पियन नयना दम्पतिलाई कोरोना
काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताएकी छिन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छिन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
-
समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन
-
कास्कीमा चेक बाउन्सका मुद्दाले हैरान
-
भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
-
अदालतले पुनः मतगणनाको फैसला गरेपछि व्यासका मेयर भन्छन्- नतिजामा कुनै तलमाथि हुँदैन