शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटा रोजेः शक्ति बस्नेत

सोमबार, २६ माघ २०७७, १६ : ००
सोमबार, २६ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । सोमबार शहिद बेपत्ता योद्धा परिवार, वाग्मती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध र्याली तथा कोणसभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाई छ ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्य मान्यतालाई पनि सम्मान नगरेको बताए । ओलीको जनविरोधी कदमका विरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनको भनाई छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए । संसद पुनःस्थापना पहिलो प्राथमिकता रहेको नेता बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप