बागमती प्रदेशसभा : विशेषाधिकार समिति गठन
हेटौँडा । बागमती प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको हो ।
प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालको प्रस्तावमा उक्त समिति गठन गरेको हो । प्रमुख सचेतक ढकालले संविधानको धारा ८३ तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १६७ उपनियम (१) बमोजिम सो समिति गठन गर्न संसद्मा प्रस्ताव गरेका हुन् ।
प्रमुख सचेतक ढकालको उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेल, राप्रपा संसदीय दलकी सचेतक कुमारी तामाङ र नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए ।
बैठकमा प्रस्तुत भएको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले स्वीकृतिका लागि पेश गरेका थिए । सभामुख पाठकले पेश गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरिएको हो । बैठकले सो समितिमा १७ सदस्यको नाम अनुमोदन समेत गरेको छ । प्रदेशसभा बैठक जेठ ६ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण