एमालेले साउनमा विधान महाधिवेशन गर्ने, बादलसहितका नेतालाई जिम्मेवारी
नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको हो ।
यसका लागि पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको छ । महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।
यस्तै बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । ०७९ वैशाख ३० भित्र महाधिवेशन गर्ने गरी जान सकिने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।
यस्तै बैठकले विभाग गठन गरी स्थायी कमिटीबाट अन्तिम रूप दिने निर्णय भएको छ । एमालेले निर्वाचनको तयारीमा पार्टी पङ्क्ति जुट्ने पनि निर्देशन दिने निर्णय गरेको छ ।
बैठकको अन्तमा केपी ओलीले १० औँ महाधिवेशन आयोजक कमिटी गरेका निर्णय कायम रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’