आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।
बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो ।
भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीनानाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
-
ब्याट्सम्यानको खुट्टा भासिने पिचदेखि ६१ बलमा सकिएको ज्यानमारा टेस्टसम्म
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची