एनआरएनएमा त्रिपक्षीय भिडन्त
आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नयाँ नेतृत्वको लागि कुल आचार्य, रबिना थापा / बद्री केसीबीच भिडन्त हुने पक्का भएको हो । तिनै उम्मेदवारले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार अभियानलाई तिव्र बनाएका छन् ।
थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले निकट मानिन्छन् । अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको राम्रो अनुभव समेत छ ।
यस्तै बेलायत निवासी आचार्य अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी रहेका थिए । उनी थोरै मात्रै मतान्तरमा कुमार पन्तसँग पराजित भएका थिए । उनको बेलायत र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको बताइन्छ ।
यस्तै वर्तमान उपाध्यक्ष समेत रहेका केसी रसिया निवासी हुन् । उनको पनि नेपाल र रसियामा विभिन्न व्यवसाय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’