श्रीमतीको हत्या गरी जङ्गलमा फालेको आरोपमा श्रीमान् पक्राउ
कपिलवस्तुमा श्रीमतीको हत्या गरेर जङ्गलमा फालेको आरोपमा श्रीमान पक्राउ परेका छन् । महाराजगंज नगरपालिका वडा नं. ११ स्थित बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
लोनियाले श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं.९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।
अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंगल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’