सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

गुल्मीमा बलात्कार गरेर भागेका २ जना पक्राउ

आइतबार, २८ कात्तिक २०७८, १० : ३७
आइतबार, २८ कात्तिक २०७८

गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् ।

२०७७ साल पुस २३  मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले रातोपाटीलाई बताए ।

४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन् । गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ । कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए । दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप