मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

राप्रपा महाधिवेशन : राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे (तस्बिरहरु)

शुक्रबार, १७ मङ्सिर २०७८, १८ : ०९
शुक्रबार, १७ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । 
प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ । 

यसैबीच शुक्रबार साँझको चुनावी र्‍यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् । 

लिङदेनको प्यानलमा उपाध्यक्षको उम्मेदवारमा विक्रम पाण्डेसहित  दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा रहेका छन् । 

यस्तै कमल थापा प्यानलमा पाण्डेसहित बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षको उम्मेदवार रहेका छन्  ।  यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप