
बढ्यो सुनको मूल्य

आज साताको पहिलो आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य ११ सय ९० रुपैयाँ थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ