राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु हुने, के–के गर्न पाइँदैन ?
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । राष्ट्रियसभा निर्वाचन माघ १२ गते बुधबार हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।
यस्तै एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने भन्दै आयोगले उल्लिखित आचरणहरु पालना गर्न गराउनका लागि सबैसँग अनुरोध गरेको छ ।
यसैगरी निर्वाचन प्रयोजनका लागि मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको आयोगले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’