बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगलाई सरकारको प्रश्न  : बैशाख ३० मा चुनाव गर्न सकिन्छ ?

सोमबार, २४ माघ २०७८, १६ : १६
सोमबार, २४ माघ २०७८

सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिएका छन् । 

आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’  आयोगका पदाधिकारीसँग कुराकानी गरेलगत्तै बालुवाटारमा अहिले मन्त्रिपरिषद बैठक जारी छ । बैठकले बैशाख ३० गतेलाई मिति तोक्ने सम्भावना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप