म खोक्रो राष्ट्रवादको नसामा छैन : रामकुमारी झाँक्री
सोमबार, १६ फागुन २०७८, ०६ : ३०
नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । ट्वीटरमार्फत उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी छन् ।
‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु। र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’