सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम

मङ्गलबार, ०१ चैत २०७८, १० : ५१
मङ्गलबार, ०१ चैत २०७८

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ । यस्तै, बोनस र नगद लाभांश वितरण गर्न अर्थमन्त्रालयले समेत स्वीकृती दिनुपर्ने छ ।​ लाभांश वितरण गर्न यही चैत २३ गते बुक क्लोज तथा २४ गते साधारण सभा बोलाइएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप