भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्बिरहरू)
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् ।
उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए । त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार बिहान धार्मिक नगरी वाराणसी पुगेका थिए ।
त्यस अवसरमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’