नेपालीरिका होटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता
नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच एक सम्झौता भएको छ । दुई पक्षबीच बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको हो ।
यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने जनाइएको छ ।
समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने बैंकले जनाएको छ । साथै होटलले विषेश छुट प्रदान गरी रु ९९ हजार ९९९ मा वार्षिक सदस्यता प्रदान गर्ने बैंकले जनाएको छ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निःशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।
नेपालीरिका होटल र नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुवै पक्षले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
-
दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
-
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
-
सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने