मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

साँफेबगरको बाब्लामा झडप, मतदान स्थगित

शुक्रबार, ३० वैशाख २०७९, १० : २२
शुक्रबार, ३० वैशाख २०७९

अछामको साँफेबगर नगपालिका१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।​ बाब्लामा नेकपा एमाले(माओवादी केन्द्र र कांग्रेस(नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप